Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

नेपाल ओलम्पिक कमिटीको चुनाव सम्पन्न,अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित 

Reporter

नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन्। हिजो अनलाइनमार्फत गरेको चुनावबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएको र अध्यक्ष बाहेकका बाँकी पदमा निर्विरोध भएको कमिटिले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

एनओसीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत चुनाव गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै हिजोका लागि तय भएको चुनाव नगर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले चुनाव रोक्न आदेश दिएसँगै युवा तथा खेलकुद मन्त्रालयले पनि चुनावमा सहभागी नहुन निर्देशन दिएको थियो ।

ट्रायथलन, फुटबल, फेन्सिङ, एथ्लेटिक्स, कुस्ती, सुटिङ, हक्की गरि सात वटा संघका प्रतिनिधिले चुनाव बहिष्कार गरेका छन् । अदालत र सरकारले चुनाव नगर्न भनेपछि आईओसीको रोहबरमा अनलाइन निर्वाचन गरेको एनओसीको दाबी छ ।

यसैबीच युवा तथा खेलकुद मन्त्रालयले ओलम्पिक चुनावमा सहभागी हुने खेल संघलाई स्पष्टिकरण सोधेको छ । अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटिको मतदान प्रकृयामा सहभागी भएका २० वटा खेल संघलाई कारबाहीका लागि स्पष्टिकरण सोधेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको