Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

नेपाल ओलम्पिक कमिटीको चुनाव सम्पन्न,अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित 

Reporter

नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन्। हिजो अनलाइनमार्फत गरेको चुनावबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएको र अध्यक्ष बाहेकका बाँकी पदमा निर्विरोध भएको कमिटिले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

एनओसीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत चुनाव गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै हिजोका लागि तय भएको चुनाव नगर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले चुनाव रोक्न आदेश दिएसँगै युवा तथा खेलकुद मन्त्रालयले पनि चुनावमा सहभागी नहुन निर्देशन दिएको थियो ।

ट्रायथलन, फुटबल, फेन्सिङ, एथ्लेटिक्स, कुस्ती, सुटिङ, हक्की गरि सात वटा संघका प्रतिनिधिले चुनाव बहिष्कार गरेका छन् । अदालत र सरकारले चुनाव नगर्न भनेपछि आईओसीको रोहबरमा अनलाइन निर्वाचन गरेको एनओसीको दाबी छ ।

यसैबीच युवा तथा खेलकुद मन्त्रालयले ओलम्पिक चुनावमा सहभागी हुने खेल संघलाई स्पष्टिकरण सोधेको छ । अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटिको मतदान प्रकृयामा सहभागी भएका २० वटा खेल संघलाई कारबाहीका लागि स्पष्टिकरण सोधेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको