राजधानीको कोटेश्वरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित होटल ब्लिसपुलबाट पेस्तोलसहित सनराइज खड्का पक्राउ परेका हुन् ।
उनको साथबाट पेस्तोलसहित ९ राउन्ड गोली पनि बरामद गरिएको जनाइएको छ । खडकालाई उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रभाग कोटेश्वरको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
लोकप्रिय समाचार