Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

Reporter

आज तमु ल्होसारः देशभरका गुरुङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन्। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन्।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु संस्कृतिअनुसार पुस १५ गते खुशीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाइँदै छ। यस अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिँदै छ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ।

प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ। प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ।

गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य नेताले शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको