Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

साउदीबाट आएका ४४ वर्षीय नेपालीमा मंकीपक्स संक्रमण पुष्टि

Reporter

थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ।

साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

उनले भने, “थप एक जनामा पुष्टि भएको सत्य हो। परीक्षणको क्रममा संक्रमण देखिएको छ। संक्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ।”

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए। यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मंकीपक्स संक्रमण पुष्टि भएको थियो।

मङ्किपक्सको संक्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको