Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

Reporter

रौतहटको राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आइतबार मध्यराति भीषण आगलागी भएको छ। आगलागीबाट ७ घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।

गए राति सवा २ बजेको समयमा  राजदेबि नपा ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको  घुरबाट  सल्किएर आगलागी भएको हो।

आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र,  ३ वटा बाख्रा  , राम सोगारथ पासवान , दीपेन्द्र पासवान ,. विजय पासवान ,कान्ति देवी पासवान , प्रदीप पासवान, लगायत ७जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

आगलागी भएको खबर पाए लगत्तै बिओपी बेलबिछवा बाट सशस्त्र प्रहरीका सई मदन कुमार साहाको कमान्डमा १० जना प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमान्डमा ५ जनाको टोली,गौर नगरपालिकाको दमकल र स्थानिय वासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको अन्य मानविय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको