Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी

Reporter

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

त्यहाँको सियोल पश्चिम जिल्ला अदालतले मंगलबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दक्षिण कोरियाको संयुक्त जाँच मुख्यालयले यूनविरुद्ध मंगलबार अदालतबाट पक्राउ र खानतलासी पुर्जी जारी भएको जनाएको छ ।

राष्ट्रपति छँदा चालेका कतिपय विवादास्पद कदममाथि अनुसन्धान गर्न त्यहाँको सरकारी निकायले उनलाई बोलाएको थियो । तीन पटकसम्म उनले त्यस्तो आग्रहलाई इन्कार गरेपछि अनुसन्धानमा असहयोग गरेको जिरह गर्दै अदालतसमक्ष पक्राउ पुर्जी जारी गर्न माग गरिएको थियो । मंगलबार अदालतले सोहीबमोजिम उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यही डिसेम्बर ३ मा यूनले सैनिक शासन लागू गर्ने कानून लागू गरेपछि उनीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उक्त प्रस्ताव पारित भएपछि उनी निलम्बित भएका छन् । यसबारेको अन्तिम निर्णय गर्ने अधिकार अदालतसँग भए पनि किनारा लाग्न बाँकी छ ।

दक्षिण कोरियाको इतिहासमा यसरी राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको पहिलो घटना हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको