लामो समयदेखि विभिन्न प्रतियोगीता तथा सफल ईभेन्टहरु आयोजना गर्दै आएको ट्रेबल फेसन कन्सर्नले पाचौँ लिटिल आइडल नेपाल भव्य रुपमा सम्पन्न भएको छ ।
वौद्धस्थित बौद्ध हेरिटेजमा एक समारोहका बिच सम्पन्न भएको सो प्रतियोगितामा जुनियर गल्स, सिनियर गल्स, र ब्वाइजका गरि तीन समूहका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा भएको थियो।
बिभिन्न चरणमा सम्पन्न प्रतियोगितामा जुनियर तर्फबाट इभेन्जल मगरले उपाधी जित्न सफल भईन । अल्विशा श्रेष्ठ फष्ट रनरअप भईन भने छिरिङ शेर्पाले सेकेन्ड रनरअपको उपाधी जित्न सफल रहिन । सिनियर तर्फ अभिश्री जोशी श्रेष्ठ विजेता घोषित हुदा एन्जल पोखरेल फष्ट रनरअप र आर्याना लामाले सेकेन्ड रनरअपको उपाधी जितिन।
ब्वाइज समूहमा मनन जंग कार्कीले उपाधि जिते भने विश्वास सुवेदी फष्ट रनरअप र हितेशराज यादव सेकेन्ड रनरअप भएका थिए ।
प्रतियोगितामा जुनियर गल्र्स समूहमा इभेन्जल मगर, सिनियर गल्र्सतर्फ अभिश्री जोशी श्रेष्ठ, ब्वाइज समूहमा मनन जंग कार्कीले उपाधि हात पार्दा अन्य प्रतियोगीहरुले विभिन्न टाईटल तथा सवटाईटल प्राप्त गरेका थिए । प्रतियोगीताको निणार्यकमा मनिष शाक्य,पुजन काफ्ले,डेविलसिंह राजपुत,विमला लामा र अमिशा ओली रहेका थिए ।
कार्यक्रममा विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, तथा आकर्षक पुरस्कार प्रदान गरिएको थियो। बालबालिकाको प्रतिभा पहिचान गर्दै उनीहरुलाई भविष्यमा सक्षम र आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्य अनुरुप गरिएको सो प्रतियोगिताको फाईनलमा विविध सांस्कृतिक र प्रेरणादायी गतिविधिहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रतिस्पर्धीसँगै सांस्कृतिक नृत्य र संगीत प्रस्तुत गरिएको थियो।
अनुरुप ट्रेबल फेसन कन्सर्न प्रालिले विगत लामो समयदेखि नेपालका बालबालिकाको प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयास गरिरहेको छ ।
बाल्यकालका सपनाहरूको महत्वलाई उजागर गर्दै प्रतियोगिताले सपना देख्ने उमेर कहिल्यै सकिँदैन भन्ने एउटा महत्वपूर्ण सन्देश दिदै लिटल आइडल नेपाल ले प्रतिभाशाली बालबालिकाको भविष्य निर्माणमा पहत्पूर्ण कदम चालेको आयोजक संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।
कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा गीतकार डाक्टर भोला रिजाल, वरिष्ठ हास्य कलाकार किरण केसी , लोक गायिका शिला आले ,संचारकर्मी लगायत विशिष्ट व्यक्तिहरूलाई प्रमुख अतिथी सांसद एवं अर्थ समितिका सभापती सन्तोष चालिसे तथा विशेष अतिथी गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको हातबाट सम्मान गरिएको थियो।
कार्यक्रमको संचालन रोजीन शाक्यले गरेका थिए ।