Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

काठमाडौँको एक होटलमा युवती मृत फेला

Reporter

काठमाडौंको एक होटलमा युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ मा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २३ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । पुस १६ मा उनी होटलमा पुगेको देखिएको छ । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।

ढोका फुटाएर हेर्दा उनी कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको