Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ माथि पुनर्विचार गर्न नसकिने: मन्त्री पण्डित

admin

काठमाडौं, पुस- ११ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ माथि पुनर्विचार गर्न नसकिने जनाएका छन् ।

अध्यादेशमा कर्मचारीको वृत्ति विकास रोक्ने कुनै प्रावधान नराखिएको उनले बताए । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनहरुसँग छलफल गरेर अध्यादेश ल्याइएको जनाए ।

सरकारले संघीय संसदको हिउँदे अधिवेशन सुरु भएलगत्तै संघीय निजामती सेवा ऐन पेश गरि पारित हुने वित्तिकै संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक संघीय प्रादेशिक सेवा ऐन, प्रादेशिक निजामती सेवा ऐन र स्थानीय सेवा ऐन पनि ड्राफ्टको रुपमा संघीय संसदमा पेश गर्ने योजना रहको पण्डितले जनाए ।

उनले स्थानीय र प्रदेश तहको विकास, निर्माण र सेवा प्रवाहको काममा अवरोध आउन नदिन सरकारले कर्मचारी समायोजना अध्यादेश ल्याउनु परेको स्पष्ट पारे । संघमा बसीरहेका कर्मचारीमा मनोवैज्ञानिक त्रास देखिएका कारण सो अध्यादेशमा विरोध भईरहेको उन्ले दावी गरे ।
वृत्ति विकास रोकिने गरी आएको भन्दै कर्मचारीहरुले सो अध्यादेशको विरोध गर्दै आएका छन । मन्त्री पण्डितले सो अध्यादेशमाथि देखिएको भ्रम चिर्दै अघि बढने प्रतिवद्धता समेत पण्डितले ब्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको