Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पश्चिम नेपालमा वर्षाको सम्भावना

Reporter

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

आज दिउँसो देशैभरका हिमाली, पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। आज राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली रही फाटफूटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। पहाडी र तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको