Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

२०७२ सालमा भुकम्पले क्षति पुर्याएको व्यास १० को सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास

admin

२०७२ सालमा भुकम्पले क्षति पुर्याएको व्यास १० को सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास तनहुँ, ११ पौष – २०७२ सालमा भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण कार्य तनहू जिल्लामा तिब्र गतिले भईरहेको छ । यसैक्रममा व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको एक कार्यक्रमका बिच सिलन्यास गरियो , उक्त सिलन्यास कार्यक्रम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यानवयन ईकाई ( शिक्षा ) तनहुका प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाट र जग्गादाता स्वर्गिय ईश्वरीप्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
  विद्यालयको भवन भुकम्पले जिर्ण बनाएपछि टालटुल गरे विद्यार्थीहरुलाई अध्ययन गराउनु परेको र ति भवनलाई बिस्थापित गर्नको लागि नया भवनको आवश्यकता रहेको समयमा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) बाट भवन बनाउनको लागि रकम पर्नु निकै खुशीको कुरा रहेको र तोकेको समय अगावै भवन निर्माण सम्पन्न गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति मदन तिमल्सेनाले बताए । विद्यालयकी शिक्षिका मनु सापकोटाले संचालन गरेको कार्यक्रममा अभिभावक संघका अध्यक्ष बसन्त दरै, भवन निर्माण समितिका सल्लाहकार तिल बहादुर थापा, हरिविलास अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि सुर्यप्रसाद क्षेत्री रानाभाटले शिक्षाको लागि भौतिक संरचना पहिलो अपरिहार्य भएकोले यसले विद्यालयको पठनपाठनमा पनि सहयोग पुग्ने भनाई राखेका थिए । ६६ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनमा पाउदा पढ्न पाउने भएपछि बिद्यार्थीहरु पनि हर्षित छन ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको