Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

ईपी एजुकेशन ‘मिस कुपिड हेटौडा’को टैलेन्ट राउण्ड सम्पन्न,फिनाले पौष २८ गते

admin

ईपी एजुकेशन अष्टे«लियाको पस्तुती तथा ग्रेस ईभेन्ट्सले आयोजना गरेको मिस कुपिड हेटौडाको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । मकवानपुर चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रिजको हलमा आयोजित उक्त टैलेन्ट शोमा १४ जना प्रतियोगीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सुरज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त शोमा निरन बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । ग्रेस ईभेन्ट्सका अध्यक्ष सुरज अधिकारीले प्रमुख अतिथी तथा निर्णायक मण्डललाई खादा ओढाएर सम्मान गरेका थिए ।

निशा गौतम, पवन कोईराला, ईशा भण्डारी लगायतले निर्णायकको भुमिका निभाएका थिए ।

प्रतियोगीताको फिनाले पौष २८ गते हुने र कार्यक्रममका वरिष्ठ गायक आनन्द कार्कीको एकल सांझ समेत हुने आयोजक ग्रेस ईभेन्ट्सका सिईओ सुरज थापाले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको