ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको छ।
मन्त्रालयले स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने संकेत दिएको हो। मन्त्रालयका सचिव सुरेश आचार्यले सात दिनभित्र चित्तबुझ्दो जबाफ पेस नगरे घिसिङको नियुक्ति अन्त्य गर्ने चेतावनीसहितको स्पष्टीकरण सोधेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमाले घिसिङले मन्त्रिपरिषद्को निर्णय अवज्ञा गरेको भन्दै उनीप्रति असन्तुष्ट थिए। आफ्नो पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको श्रेय पाएका उनी २०७८ साउनमा दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए।
लोकप्रिय समाचार