Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

तिब्बत केन्द्र बनाएर गएको भूकम्पबाट ३६ जनाको मृत्यु

Reporter

आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस भएको भूकम्पमा परेर ३६ जनाको ज्यान गएको छ ।चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसार मृत्यु हुनेहरूको आँकडा ३६ पुगेको छ । ज्यान जानेहरू सबै  तिब्बतकै भएको बताइएको छ ।

यस अगाडि अमेरिकी विश्व च्यानल सीएनएनले नौ जनाको ज्यान गएको बताउँदै भूकम्प ७.१ रेक्टर स्केलको आएको बताएको छ ।चिनियाँ अखबार ग्लोबल टाइम्सले भने ६।८ रेक्टर स्केलको भूकम्प आएको लेखेको छ ।

ग्लोबल टाइम्सका अनुसार दिङ्ग्री काउन्टीमा भूकम्प गएको हो । यो काउन्टी तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेबाट नजिकै रहेको छ । चिनियाँ स्थानीय समय अनुसार बिहान ९ः५ बजे भूकम्प गएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको