Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

रात विताउने कोही बाच्दैनन्….

admin

भारतको राजधानी दिल्लीभन्दा ३ सय किलोमिटर टाढा राजस्थानको अलवरमा एउटा पूरानो किल्ला छ । यो किल्ला अहिले भग्नावशेषको रुपमा रहेको छ । यो खण्डहरु कुनै समयमा भने एक भव्य तथा मानिहरुले भरिएको क्षेत्र थियो ।  इलाकामा सोमेश्वर, हनुमान, कृष्ण, देवी आदीका दर्जनौँ मन्दिर रहेका छन् । भगवानै भगवानको बीचमा रहेको यो ठाउँ चाहीँ भुताहा ठाउँको नामले चर्चित छ । यो ठाउँमा कुनैपनि भवनका छत छैनन् । तर अनौठो के भने सबै मन्दिर चुस्त अवस्थामा छन् ।

यो ठाउँलाई श्राप पर्नाले भुताहा ठाउँ भनेको विश्वास छ । यस ठाउँमा महल भएको स्थानमा महिला गुरु बालुनाथ बस्थे । उनले उक्त महल बनाउने बेलामा आफ्नो ध्यान भंग गर्ने भएकाले त्यहाँ कुनै महल नबनाउन चेतावनी दिएका थिए । यदि आफ्नो ध्यान भंग गरेमा सारा सहर ध्वस्त हुने चेतावनी उनको थियो । तर उनको कुरालाई कसैले ध्यान दिएन र त्यहाँ भवनहरु बनाए । जसका कारण गुरुले श्राप दिए र रातारात त्यस ठाउँ विरानो बन्यो ।  एक तान्त्रिकले पनि श्राप दिएका कारण एकाएक ध्वस्त भएर खण्डहरमा परिणत भएको विश्वास गरिन्छ ।

उक्त तान्त्रिकले त्यस किल्लामा रहेका कुनैप्नि मानिसले पुनर्जन्म लिन नपाउन् भन्ने श्राप दिएको थियो । सोही कारण त्यस क्षेत्रमा अकालमा मृत्यु भएका मानिसहरुको आत्माले मुक्ति पाएन र पुनर्जन्म समेत नपाउँदा धेरै कैयन् मृतात्माहरु अहिले पनि भटि्करहेको विश्वास गरिन्छ ।

यो ठाउँमा साँझ पर्ने बित्तिकै मानिसहरु जान डराउँछन् । सरकारी अधिकारीले पनि त्यहाँ रातको समयमा जान निषेध गरेको छ । उक्त ठाउँमा रात बिताउने मानिस कोहीपनि ज्यूँदै नफर्किएको स्थानीयहरु बताउँछन् । फर्किएर आएका मानिसहरु पनि मानसिक रुप्मा विक्षिप्त बनेको बताइन्छ ।

एजेन्सी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको