Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

अमेरिकाको भर्जिनियामा दुर्घटनाग्रस्त कार पोखरीमा डुब्दा २ नेपालीको मृत्यु

Reporter

अमेरिकाको भर्जिनियामा एउटा कार जमेको हिउँमा भिप्लिएर दुर्घटना भइ चिसो पोखरीमा खसेर डुब्दा २ नेपालीको मृत्यु भएको छ । फेयरफ्याक्स काउन्टी प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडिया एनबीसी वासिङ्टनले जनाएअनुसार दुर्घटना स्थानीय समयअनुसार बिहीबार बिहान साढे ७ बजे भएको हो ।

दुर्घटनामा ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्टको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कार जमेको हिउँमा चिप्लिएर आंशिक रुपमा चिसोले जमेको पोखरीमा डुबेको थियो । उद्धारकर्ता कारसम्म पुग्दा कार पानीमा १० फिट डुबेको र दुवै यात्रु मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

खड्काका सहकर्मीका अनुसार उनी विन्गेट बाइ विन्डम होटलमा काम गर्थे । सोही होटलको नजिकै सजावटको प्रयोजनको लागि बनाइएको सानो पोखरीमा कार डुबेको हो । निश्चल सोही होटलमा जागिरको लागि आवेदन दिन चाहन्थे त्यसैले उनी खड्काको साथमा गएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको