Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत ‘बक्सीङ डे’को खेलमा म्यान्चेस्टर सिटीको लगातार दोस्रो हार, लेस्टर सिटी विजयी

admin

काठमाडौं, पुस- १२ ।

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले लगातार दोस्रो हार व्यहोरेको छ ।

क्रिष्टमसको भोलिपल्ट ‘बक्सीङ डे’ मा भएको खेलमा म्यान्चेस्टर सिटीलाई लेस्टर सिटीले २-१ गोल अन्तरले पाखा लगायो ।

खेलमा लेस्टर्को जितमा मार्क अल्ब्राइटन र रिकार्डो परेराले एक एक गोल गरे ।
लेस्टर सिटीले अघिल्लो हप्ता चेल्सीलाई हराएको थियो । म्यान्चेस्टर सिटीका बर्नार्डो सिल्भाले पहिलो गोल गरेका थिए ।

गएराती भएका अन्य खेलहरुमा लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाइटेड आ-आफ्नो खेलमा विजयी भए ।

चेल्सीले वाट्फोर्डमाथि २–१ को जित निकाल्दा शीर्ष स्थानको लिभरपुलले न्युकासल युनाइटेडलाई ४–० ले हरायो ।

त्यस्तै म्यान्चेस्टर युनाईटेडले हडर्सफिल्ड टाउनलाई ३–१ ले हराउँदा टोटनह्याम हट्सपरले बर्नमाउथमाथि ५–० को फराकिलो जित निकाल्यो ।

आर्सनलले ब्राईटनसँग १–१ गोलको बराबरी खेल्दा एभर्टनले भने बर्न्लेलाई ५–१ ले पराजित गर्यो ।

यसैगरी क्रिष्टल प्यालेस र कार्डिफ सिटीले गोलरहित बराबरीमा चित्त बुझाउदा वुल्भरह्याम्पटन वान्डरर्सले फुल्हमसँग १–१ गोलको बराबरी खेल्यो ।

गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ५१ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहदा ४४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झर्यो चौथो स्थानको चेल्सीको भने ४० अंक रहेको छ ।

३८ अंकसहित आर्सनल पाँचौ तथा ३२ अंकसहित म्यान्चेस्टर युनाइटेड छैठौं स्थानमा रहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको