Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

नेपाल अमेरिकासँग ५ विकेटले पराजित

Reporter

यू-१९ महिला विश्वकप अन्तरगत आज भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको ५९ रनको झिनो लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।

पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पूरा खेले पनि ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले आफ्नो इनिङमा एउटा पनि चौका वा छक्का प्रहार गर्न सकेन । आज पनि नेपालका तीन ब्याटरहरु रनआउट भएका थिए ।

अमेरिकाकी इसानी भगेलाले सर्वाधिक २४ रन जोडिन् । नेपालकी रिया शर्माले ३ विकेट र पूजा महतोले एक विकेट लिइन् ।

अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो । यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो ।

मलेसियामा हुने यु १९ महिला टी २० विश्वकप जनवरी १८ देखि सुरु हुनेछ । नेपालले समूह चरणमा बांङ्लादेश, अष्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको