Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

ट्रेन्ट बोल्टको उत्कृष्ट प्रदर्शन, श्रीलंकाविरुद्ध जारी टेस्ट म्याचमा १५ बलमा ४ रन खर्चिंदै ६ विकेट

admin

क्राइस्टचर्च, पुस- १२ ।

श्रीलंकाविरुद्ध जारी टेस्ट म्याचमा न्यूजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले घरेलु मैदानमा शानदार प्रदर्शन गरेका छन् ।

कुल १५ ओभर बलिङ गर्दा बोल्टले ३० रन खर्चिएर ६ विकेट लिए ।

तर, रमाईलो पक्ष के रह्यो भने उनले सबै विकेट १५ बलको अन्तरालमा हात पारेका हुन । बोल्टले ६ विकेट हात पार्दा १५ बलमा केवल चार रनमात्र दिएका थिए ।

बोल्टले आफ्नो बलिङका क्रममा एउटा ओभरमा यति उत्कृष्ट प्रदर्शन गरे कि, सो ओभरमा कुनै रन नदिइ तीन विकेट लिन सफल भएका थिए ।

बोल्टले श्रीलंकाका रोशन सिल्भा, निरोशन डिकभेला, दिरुवान परेरा, सुरंगा लकमल, दुश्मन्ता चमिरा र लाहिरु कुमारालाई पवेलियन फर्काएका थिए ।

उनले श्रीलंकाको ब्याटिङ क्रमका पुछारका ६ विकेट आफ्नो नाममा लेखाएका हुन् । उनले लिएका विकेटमध्ये ४ वटा ‘एलबीडबल्यु’ थिए भने दुई विकेट टिम साउथीको हातबाट ‘क्याच’ थमाएर हासिल गरेका थिए ।

बोल्टकै घातक बलिङ सामू निरीह हुँदै श्रीलंका कुल १०४ रनमा नै समेटिएको छ । न्यूजिल्याण्डले भने पहिलो पारीमा १७८ रन बनाएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको