Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Reporter

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाइएको छ।

नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रोमा १५६ रुपैयाँ भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको