Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

Reporter

काठमाडौं । नेपालको सबैभन्दा जेठो म्युजिक कम्पनी म्युजिक नेपालले नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली संगीत बजारमा परिचय गराउने कार्यहरु गर्दै आइ रहेको छ । यसै क्रममा नयाँ साँगीतिक ब्याण्ड कथन नेपालको नयाँ गीत सार्वजनिक गरेको छ ।

 

लाखे प्रोडक्सनले निर्माण गरेको ‘उडायो’ बोलको सार्वजनिक गीतको भिडियोमा चित लामाको निर्देशन रहेको छ । भिडियोमा अरुण अमात्य,रियान बागवानी, आबिस्कार शर्मा, उत्सव लामिछाने, जमुना रिजाल फिचर्ड छन् । सुनेश श्रेष्ठ (अस्ट्रेलिया) र अमृत सुनुवार (नेपाल) डिओपी रहेको भिडियोको सम्पादन मदन घिमिरेले र कलर चानस पुन मगरको रहेको छ ।

नेपाल रहदा पनि नेपाली गीत संगीतमा लगाव भएका र हाल प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा केही गर्छु भन्ने गायक संगीतकारहरुलाइ प्रोत्साहन गर्न म्युजिक नेपालले यस्ता प्रोजेक्टहरु निरन्तर गर्ने बताएको छ । “उडायो” बोलको भिडियो म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोले दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ । भिडियो अस्ट्रेलिया र नेपालका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको