Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब सुप्रिम सहकारी ठगीको मुद्दाको प्रतिवादका लागि रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको छ ।

सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट बुधवार धरौटीमा रिहा भएका लामिछानेविरुद्ध रुपन्देही  जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको हाे  ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरुद्ध बिहीबार मुद्दा दर्ता गर्न लागिएको बताइएकाे छ । केही  प्राविधिक समस्या आएको खण्डमा चाहिँ शुक्रबार पनि मुद्दा दर्ता  हुनसक्ने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल बताए ।

प्रहरीले गत शुक्रवार नै लामिछाने समेतलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको  थियो । प्रहरीले रविविरुद्ध दुई करोड १० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको