Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन

Reporter

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन् ।

बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको १२ जना मन्त्री र संसदीय दल कार्यसमितिको संयुक्त बैठकले मन्त्रीहरूका लागि सातबुँदे निर्देशन दिएका हुन् ।

सभापति देउवा र महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेको सहमतिमा अध्यादेश ल्याएको ब्रिफ्रिङवाट सुरू भएको बैठकमा कांग्रेसका मन्त्रीहरूले आ आफ्नो मन्त्रालयमा भएका काम कारबाहीका बारेमा ब्रिफिङ गरेका थिए ।

सो बिफ्रिङपछि सभापति देउवाले गठबन्धनको मर्म अनुसार काम गर्न निर्देशन दिएको खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।

यस्तो छ मन्त्रीहरूलाई दिइएको ७ बुँदे निर्देशनः

१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने  ।

२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियता साथ कार्य गर्ने ।

३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

५)  हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपले मन्त्रालयको काममा केन्द्रित हुने ।

६)  सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने

७)  पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको