Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो)

Reporter

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित ‘स्वर्ग झै सैलुङ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

गीतलाई नेपालका ख्यातिप्राप्त गायक प्रल्हाद लिमल्सिना र गायिका सुमिना लोले स्वर दिएका छन्। संगीतकारको तर्फबाट लोकप्रिय संगीतकार आलोकश्रीले संगीत भरेका छन्, जसले गीतलाई अझ मार्मिक र मनोरम बनाएको छ। यस गीतको एरेञ्ज र मिक्सिङ आदेश गुर्माछनले गरेका छन् ।

भिडियो निर्देशनमा कुशल निर्देशक युवराज वाइबाले काम गरेका छन् भने छायांकन निशल पौडेलले गरेका हुन् ।

भिडियोमा समिर तामाङ र अम्विका तामाङ अभिनय रहेको छ।

भिडियोको कोरियोग्राफर प्रमोद के भट्टाराईले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

गीतकार एवं एआइजी तामाङले ‘नजिक भएर पनि,’ ‘तिमीलाई माया गर्छु,’ ‘आमा,’ ‘जीवनसाथी,’ ‘माया गरेर हेर,’ र ‘मै खुकुरी अघिसरी’ जस्ता ४५० भन्दा बढी आधुनिक, राष्ट्रिय र सेलो गीत सिर्जना गरेका छन्। कर्तव्यबोध बन्दुकको साथमा कलम बोक्दै, उनले साहित्य र सुरक्षामा समान रूपमा योगदान पुर्‍याउँदै आएका छन्।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको