Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने एकजना पक्राउ

Reporter

काठमाडौं । अभिनेता सैफ अली खानको घरमा प्रवेश गरेर आक्रमण गरेका मध्य एक जना पक्राउ परेका छन् ।

मुम्बईको बान्द्रा प्रहरीले खानको घरमा प्रवेश गरी आक्रमण गरेको आरोपमा शुक्रबार एक जना संदिग्धलाई पक्राउ गरेको छ । प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।

प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो ।

उनलाई त्यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २.३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो ।

यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउकोसहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो ।

लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताए ।

उनका अनुसार शल्यक्रिया गरेर निकालिएको छ । प्रहरीले चक्कुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यो घटना सैफ–करीनाका छोराहरू तैमुर र जेहको कोठामा भएको हो । कोठामा उनको हाउसकीपर एरियामा घरेलु कामदार महिला फिलिप उर्फ लिमा उपस्थित थिइन्, जसलाई अज्ञात व्यक्तिले समातेका थिए ।

उनको चिच्याएको आवाज सुनेर सैफ बालबालिकाको कोठामा पुगेका थिए । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्न थाले। सो क्रममा घाइते भएकी घरेलु कामदार महिलालाई पनि लिलावती अस्पताल लगिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको