Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सलमानका अधुरा रहेका फिल्म

admin

Salman Khan सलमान खान

काठमाडौं, पुस- १२ ।
सलमान खान बिहीबार ५२औँ जन्मदिन मनाउँदै छन् । उनलाई बलिउडका दबंग खान पनि भनिन्छ । फिल्म हिट गर्न उनको नाम नै काफी हुन्छ । यही कारण उमेर ढल्किँदै गए पनि निर्देशकहरू उनको पछि लाग्ने गरेका छन् । तर, सलमानका केही फिल्म यस्ता छन्, जो आजसम्म पनि रिलिज हुन सकेका छैनन् ।

दिल है तुम्हारा
सन् १९९१ मा यो फिल्मका लागि सलमान खान, सनी देओल र मीनाक्षी सेसद्री अनुबन्धित भएका थिए । फिल्मको निर्देशन राजकुमार सन्तोषीले गर्दै थिए । तर, अचानक उनले बबी देओलको फिल्म ‘बरसात’का लागि साइन गरे । त्यसपछि यो फिल्म घोषणामै सीमित भयो ।

राम
अरबाज खानले सोहेल खानको साथमा फिल्म राम (१९९४) निर्देशन गर्ने तयारी थियो । उनीहरूले ‘प्यार किया तो डरना क्या’ र ‘हेल्लो ब्रदर’जस्ता हिट फिलम दिएका थिए । तर, फिल्म यतिकै थाती रह्यो । अहिलेसम्म पनि फिल्मको सुटिङ हुन सकेको छैन ।

आँख मिचोली
सन् १९९७ मा ‘जुडवा’ रिलिज भएपछि सलमानले एनी बज्मीको फिल्म ‘आँख मिचोली’मा साइन गरेका थिए । उनको भूमिका यो फिल्ममा पनि दोहोरै थियो । तर, सलमानले फेरि दोहोरो भूमिकामा नदेखिने मनसाय राखेपछि सुटिङ नै भएन।

दश सलमान र सञ्जय दत्तको फिल्म
‘दश’ (१९९७) पनि कहिल्यै पूरा भएन । निर्देशक मुकुल आनन्दको मृत्युका कारण फिल्म पूरा हुन सकेको थिएन । यो फिल्मको लागि रेकर्ड गरिएको गीत ‘सुनो गौर से दुनियावालोँ’लाई पछि अर्को फिल्ममा राखिएको थियो ।

जल्वा
सञ्जय दत्त, अरमान कोहली, सलमानले एक्सन फिल्म ‘जल्वा’का लागि सन् १९९८ मा नै साइन गरेका थिए । तर, निर्देशक केतन धवनले पारिवारिक फिल्म बनाउने निर्णय लिएपछि घोषणामै सीमित भयो ।

ए मेरे दोस्त
सन् १९९८ मा फिलम ‘प्यार किया तो डरना क्या’भन्दा पहिला सलमान र अरबाज खान जोडी भएको फिल्म ‘ए मेरे दोस्त’ आउने वाला थियो । फिल्ममा सलमान र अरबाजसँगै करिश्मा कपुर र दिव्या भारती मुख्य भूमिकामा थिए । तर, दुर्घटनामा दिव्या भारतीको मृत्यु भएपछि फिल्मको काम पूरा हुन सकेन ।

राजु राजा राम
डेभिड धवनले सलमान खान, ज्याकी श्राफ र गोविन्दाको साथमा ‘राजु राजा राम’ फिल्म बनाउने घोषणा गरेका थिए । तर, कुनै निर्माता फेला नपरेपछि फिल्मले गति लिन सकेन । फिल्म ‘जुडवा’मा सलमानले दोहोरो भूमिका निभाएका थिए।

घेराओ
यो फिल्ममा सलमानसँग मनीषा कोइराला थिइन् । निर्देशकमा राजकुमार सन्तोषी थिए । फिल्म घोषणापछि सुटिङमा जाने वेला रोकिएको थियो ।

रणक्षेत्र
‘मैने प्यार क्युँ किया’मा सलमान खान र भाग्यश्री अनस्क्रिन जोडीका रूपमा चर्चित भए । त्यहीकारण पनि उनीहरूले सँगै ‘रणक्षेत्र’मा पनि साइन गरे । तर, भाग्यश्रीको विवाहका कारण फिल्मको सुटिङ रोकियो ।
(नया पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको