Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

भीम रावलको पक्षमा लागेको आरोपमा पूर्वमन्त्रीसहित दुई नेता एमालेबाट निष्काशित

Reporter

एमालेले थप एक पूर्वमन्त्री र जिल्ला नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र कैलाली जिल्ला सदस्य भिष्मराज सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

शनिबार बसेको कैलाली जिल्ला सचिवालय बैठकले सुवेदीद्वयलाई गरेको जिल्ला कमिटी उपसचिव चुडामणि भट्टले जानकारी दिए । उनीहरु बाबुछोरा हुन् ।

भट्टका अनुसार उनीहरु एमाले सचिवालयले निष्काशन गरेका पूर्वपाध्यक्ष भीम रावल पक्षमा लागेको पाइएकाले कारबाही गरिएको बताए । सुवेदीद्वय रावलले सञ्चालन गरेको ‘मातृभूमि जागरण अभियान’ मा सक्रिय भएको भट्टले जानकारी दिए ।

पार्टी कार्यालय बनाउन विवादित व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिएकामा विमति राखेको आरोपमा रावललाई एमालेले गत महिना पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको