Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ

Reporter

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि शनिबार आक्रमण गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।

थापामाथि गृहजिल्ला झापामा आक्रमण भएको थियो ।

प्रहरीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरहेको छ। अर्का एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको प्रहरीले जनाएको छ।

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो। भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ।

बा१झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा१झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ। हातपातका क्रममा थापा घाइते भएका छन्।

बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि थापा घर फर्किएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए। विद्युत् प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो। विवादका क्रममा थापामाथि आक्रमण भएको बताइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको