Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ

Reporter

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि शनिबार आक्रमण गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।

थापामाथि गृहजिल्ला झापामा आक्रमण भएको थियो ।

प्रहरीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरहेको छ। अर्का एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको प्रहरीले जनाएको छ।

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो। भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ।

बा१झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा१झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ। हातपातका क्रममा थापा घाइते भएका छन्।

बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि थापा घर फर्किएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए। विद्युत् प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो। विवादका क्रममा थापामाथि आक्रमण भएको बताइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको