Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

ताइवानमा ६.४ रिक्टर स्केलको भूकम्प

Reporter

ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।  अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो ।

नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।  भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो ।

ताइवान फायर डिपार्टमेन्टका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। घाइते हुनेमा एक बालक समेत रहेका छन् । भूकम्पबाट भत्किएको ताइनान सहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन् ।

भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ तर कसैको मृत्युको खबर भने आएको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको