Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

धरहरा पुनःनिर्माणको शिलान्यास, अब छिट्टै धरहराको टुप्पोबाट काठमाडौं हेर्न पाइन्छ- प्रधानमन्त्री ओली

admin

dharahara punarnirman

२०७२ वैशाखमा आएको शक्तिशाली भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा पुनर्निर्माणको शिलान्यास गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्।

सो शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल,गृहमन्त्री रामबहादुर थापा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरू, नेताहरू उपस्थित थिए।

गजुरसहितको बन्ने नयाँ धरहरा २२ तले हुनेछ। यसको उचाइ करिब ७७ मिटर हुनेछ। भुइँचालोले भत्काएको धरहरा ९ तले थियो। नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडितर्फ बन्नेछ।

नयाँ बन्ने धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ।

४२ रोपनी फैलने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ। धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्नेछ।

भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ। धरहरा बनाउन ३ अर्ब ४५ करोड रुपैयाँ खर्च हुनेछ।

धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेका थिए।

२०७३ असार २९ को मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गरेको थियो।

धरहरा पुनर्निर्माणबाट टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको