Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

भारतमा रेलले किच्दा तीन नेपालीको मृत्यु

Reporter

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार बेलुका (हिजो) रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा नौ पुरुष र तीन महिलाको मृत्यु भएको  छ ।

काठमाडौं । भारतको महाराष्ट्रको जलगाउँमा बुधबार बेलुका (हिजो) रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

ज्यान गुमाउनेमध्ये ‘तीन नेपाली’ नागरिक हुन् । हालसम्म नेपाली नागरिकसहित सातजनाको शव पहिचान भइसकेको छ ।

दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको जनाइएको छ । कमला भण्डारीको घर कैलालीको मोहन्याल गाउँपालिका–६ हो ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डिब्बामा आगो लागेको हल्ला फैलिएको थियो । त्यसपछि आत्तिएका केही यात्रुले ‘अलार्म चेन’ ताने । रेल रोकियो । र, हतारहतार केही यात्रु रेलबाट हाम फालेका थिए ।

त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो । जलगाउँका एक मन्त्री गुलाबराव पाटिलले रेलमा आगो लागेको अफवाहले यात्रु डराएका र त्यसबाट हाम फालेका बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको