
जनकपुर, पुस-१२ ।
मोडल सङ्स नेपालको आयोजनामा जनकपुरमा अल स्टार नेपाल सुपर टप मोडलको पहिलो अडिसन सम्पन्न भएको छ । महिला तथा पुरुषहरुको लागि लक्षित गरी कार्यक्रमकोआयोजना गरिएको उक्त सौन्दर्य प्रतियोगितामा भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले जनाए ।
जनकपुरको विट एण्ड स्टेप्स डान्स स्कुलमा सम्पन्न अडिसनमा सहभागी भएका ३० भन्दा बढि प्रतिस्पर्धीहरुमध्ये बाट १० जना प्रतिस्पर्धी प्रतियोगीताको लागि छनौट भएको प्रोग्राम मेनेजर सुमित शर्माले जनाए । साथै छनौट भएका प्रतिस्पर्धीहरुलाई प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने शर्माले बताए ।
प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि २५ बर्ष सम्म र महिलाको उचाइ ४’ ८” र पुरुष ५’ भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेताले रु ५०,०००/- , फर्स्ट रनरअपले रु. ३०,०००/- र सेकेन्ड रनरअपले रु. २०,०००/- नगद पुरस्कार सहित अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागि हुन पाउनेछन ।
प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा विशेष प्रशिक्षण प्रदान गरीने कार्यक्रम निर्देशक कृष्ण कामतले जनाए ।
