Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

सिमेन्टको मूल्य वृद्धि कार्टेलिङ होइन, मूल्य समायोजन हो : सिमेन्ट उत्पादक

Reporter

सिमेन्ट उत्पादक व्यवसायीले सिमेन्टको मूल्यमा कार्टेलिङ नगरेको दाबी गरेका छन् ।

शुक्रवार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिमेन्ट उत्पादकहरुले यस्तो प्रक्रिया दिएका हुन् । उद्योगीहरुले बजार मागमा आएको कमीले गर्दा सरदर ३० प्रतिशतमा उद्योग सञ्चालन गर्न बाध्यताले ठूलो लगानी रहेका प्रायः सबै नेपाली सिमेन्ट उद्योगहरुले ठूलो घाटा व्यहोरिरहेको जानकारी दिएका छन् ।

उनीहरुले ठूलो नोक्सानीका कारण बैंकहरुबाट लिइएको कर्जा रकमको किस्ता र व्याज भुक्तानी, कच्चा पदार्थहरुको खरिद, आयात, उद्योगहरुमा पछिल्ला केही महिनादेखि नेपाल विद्युत प्राधिकरणबाट १२ घण्टासम्म दैनिक विद्युत कटौती भइरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग सञ्चालन गर्दा उत्पादन लागत अत्याधिक मात्रामा वृद्धि भएको बताए ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुकाअनुसार व्यवसायीले कार्टेलिङ गरेर मूल्यवृद्धि नगरेको बताए । उनले सिमेन्ट उद्योगीहरुले सिमेन्ट मूल्यवृद्धि नभएर समायोजन गरेको बताए । उनले सिजन लागेपछि रेट वृद्धि हुने अभ्यास अनुसार समायोजन गरेको दाबी गरे । उनले सिमेन्ट उद्योगीहरु माथि सबैले सिमेन्टको मूल्य वृद्धि कार्टेलिङ गरेर बढाएको आरोप झुटो रहेको बताए ।

उनले हरेक उद्योगले आफैं मूल्य तोक्ने गरेको र सिमेन्ट उद्योगीहरुले पनि बैंकर संघ, सुन चाँदी व्यवसायीले जस्तै आफैं मूल्य तोकेको बताए । उनले धेरै सिमेन्ट उद्योग घाटामा रहेको र अहिले विक्री नभएकाले घाटा समायोजन गर्न केही मूल्य वृद्धि गरेको बताए। उनले सरकारले पुँजीगत खर्च गर्न नसक्दा सिमेन्ट विक्री नहुँदा व्यवसायीहरुले लागतभन्दा कम मूल्यमा बेचिरहेको अवस्था रहेको बताए। उनले व्यवसायीहरुले सिमेन्टको सिजन आएको बेला समायोजन गरेका स्वीकार गरे । उनले सिमेन्ट उद्योगमा अहिले पनि १०-१२ घन्टा लोडसेडिङ रहेकाले उद्योगको लागत बढाएको बताए ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपालेले सिमन्टको मूल्य वृद्धि हुनुमा कोइलाको मूल्य वृद्धि, लोडसेडिङ लगायत मुख्य कारण रहेको बताए । उनले बाटोका कारण लागत बढेको र चुनढुंगाको ढुवानी लागत बढेकाले मूल्यवृद्धि भएको बताए ।

उनले हरित करका कारण लागत बढ्दा सिमेन्टमा १४० रुपैयाँ बढेको बताए । संघले सिमेन्ट उद्योगहरुलाई औसतमा प्रतिबोरा ८५ देखि बढीमा ११५ रपैयाँ मात्रै मूल्य निर्धारण गर्न आग्रह गरेको जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको