Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

कांग्रेस संसदीय दलको बैठक बस्दै

Reporter

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आइतबार संसदीय दलको बैठकमा दुई गैरसांसदले अध्यादेशबारे ब्रिफिङ गरेका थिए । कांग्रेस र एमालेले बनाएको कानुन सुधार कार्यदलमा कांग्रेसबाट सदस्य रहेका अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहाल र योजनाविद्को रूपमा सहभागी प्रताप पौडेलले अध्यादेशको औचित्यबारे ब्रिफिङ गरेका थिए ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार अध्यादेशका विषयवस्तुमा खुलेर छलफल भएको थियो ।

बैठकमा महामन्त्री गगन थापाले दुईदलीय संयन्त्रले गरिरहेका कामको ब्रिफिङ गरेका थिए । गृहमन्त्री रमेश लेखकले पनि अध्यादेश ल्याउनुको औचित्यका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको