Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

स्रोत नखुलेको झन्डै ४० लाखसहित एक जना प्रहरी नियन्त्रणमा

Reporter

काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको झन्डै ४० लाख रुपैंया नगदसहित प्रहरीले आइतबार एक जनालाई नियन्त्रणमा लिएको छ।

स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित फेला पारी पक्राउ गरेको थियो। रकमबारे आवश्यक अनुसन्धान जारी रहेको बताइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको