Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

महाकुम्भ मेलामा भागदौड: कम्तीमा १५ जनाको मृत्यु, कयौं घाइते

Reporter

भारतको उत्तर प्रदेश राज्यमा आज महाकुम्भ मेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। कयौं घाइते भएको बताइएको छ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। ब्यारिकेड लगाएर हिँड्ने क्रममा अचानक भागदौड सुरु भएको थियो। अचानक भीडले धकेल्न थालेपछि भीडले धेरै मानिसहरूलाई कुल्चिएको थियो।

भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ। उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ।

ठूलो भीडमा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष महोत्सव स्थलमा जाने सडकहरूमा सयौं क्यामेरा पोलहरूमा राखिएको र ओभरहेड ड्रोनहरूको फ्लीट जडान गरेको छ।

डेढ महिनामा उत्तरी सहर प्रयागराजमा ४० करोड भन्दा बढी मानिसहरू पुग्ने अपेक्षा गरिएको छ। सन् १९५४ को कुम्भ मेलाको समयमा कम्तिमा ४ सय मानिसको ज्यान गएको थियो। त्यसैगरी सन् २०१३ मा ३६ जनाको ज्यान गएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको