
फेयर एक्सप्रेस मिडिया प्रालीले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ काे घोषणा गरेकाे छ।
माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको आठौँ वार्षिकोत्सवसमारोह कार्यक्रमकाबीच अवार्डकाे घोषणा गरिएको हाे।
शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो।
समारोहमा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ,वरिष्ठ शिक्षाविद प्रा.डा.विश्वनाथ कोईराला,वरिष्ठ शिक्षाविद एवं मपविविका पूर्वउपकुलपति नन्द बहादुर सिंह ,फेयर एक्सप्रेसका प्रकाशक एवं प्रधान सम्पादक विपिन पोखरेल तथा फेयर एक्सप्रेसका प्रबन्ध निर्देशक राजेन्द्र लुईटेलले अवार्ड प्रदर्शन गर्दै फेयर ईन्टरनेशल एजुकेशन अवार्डको घोषणा गरेका थिए ।
फेयर मिडियाले अवार्डको लागि शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्ती र संस्थाहरूलाई नाम दर्ता खुला गरेको छ। मिडियाका प्रवन्ध निर्देशक राजेन्द्र लुइटेलले शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ती र संस्थालाई अवार्ड प्रदान गरिने बताए। उनले भने, ‘अवार्डका विभिन्न शिर्षकमा आवेदन दिएका आवेदक मध्येबाट विज्ञ टोलिले छनोट गरेपश्चात उपयुक्त व्यक्ती र संस्थालाई अवार्ड प्रदान गरिन्छ।’
मिडियाले नेपाल एवं विदेशका शैक्षिक गन्तव्यका उत्कृष्ट विद्यालय, विश्वविद्यालय, शैक्षिक परामर्श दातृ संस्था, तालिम केन्द्र लगायत शिक्षण संस्था र उक्त संस्थाहरूमा संलग्न भई पाँच वर्ष भन्दा बढी समय योगदान गरेका व्यक्तीलाई आवेदन दिन आह्वान गरेको छ।
