
नेपाललाई शैक्षिक हबका रुपमा विकास गर्न सकिने विषयमा विज्ञहरुकाे आफ्नो धारणा राखेका छन्। माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा गरिएको फेयेर एक्सप्रेस मिडिया प्रा.लीले आठौँ वार्षिकोत्सव समारोहमा नेपाललाई एजुकेशन हबका रुपमा विकास गर्न सकिने बिषयमा सरोकारवालाबीच ‘प्यानल डिस्कसन’ गरेकाे हो।
उक्त समाराेहमा विज्ञहरुले रायसल्लाह दिएका हुन्।समारोह कार्यक्रम माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसि) मा गरिएको हो।
नेपाल शैक्षिक परामर्श संघ ईक्यानको अध्यक्ष शेषराज भट्टराईले नेपाल सरकारले शिक्षा नीति प्रक्रियालाई विशेष ध्यान दिइ शैक्षिक निती निर्माण परिमार्जन गर्न सकियाे भने नेपाललाई शैक्षिक हब बनाउन सकिने बताए। उनले नेपालबाट गएको विद्यार्थी संख्या हेरेर आत्तिनु भन्दा नेपालमा भएको विद्यार्थीलाइ रोजगारकाे अवसर प्रदान गर्न सकियाे भने बाहिरिएका विद्यार्थीलाई नेपाल भित्राउन सकिने बताए।
यस्तै विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयका सम्पूर्ण जानकारी दिने काम पनि यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए।
आइप्यानका अध्यक्ष लक्ष्मण केसीले विदेशी विद्याथीलाई अध्ययनका लागि नेपालमा ल्याउन अहिले उपयुक्त वातावरण सिर्जना भएको बताए। उनले देशमा धेरै पहिलेदेखि नै नेपाललाई ‘शैक्षिक हब’ बनाउने विषय अगाडी बडेकाे तर गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराको ग्यारेन्टी गर्न नसकेकाे बताए। हाल नेपालमा अमेरिका, वेलायत, मलेसिया, थाईल्याण्ड, स्विजरल्याण्ड, अष्ट्रिया लगायतका देशका विश्वविद्यालयहरूको सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको संख्या पनि बढेकाे केसीले बताए।
‘नेपालमा विश्वस्तरका विश्वविद्यालयको डिग्री प्राप्त गर्ने अवसर पाउँदा विभिन्न देशबाट विद्यार्थी हाम्रो देशमा अध्ययनका लागि आउन लालायित हुने हामीलाई विश्वास छ।’अध्यक्ष लक्ष्मण केसी भन्छन्, ‘नेपालमा आएर सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउनुका साथ-साथै हाम्रो देशको हावा पानी, भौगोलिक सुन्दरता, समाजिक सद्भाव, कुनै पनि धर्म वा जातिका मान्छेलाई भेद्भाव नगर्ने हाम्रो संस्कार आदिको कारण पनि नेपाल विदेशी विद्यार्थीहरूको रोजाइमा पर्नेछ।’
शिक्षाबिद् विद्यानाथ काेइरालाले प्रकृतिलाई क्रितिम तरिकाले सिङ्गार्न सक्यो भने नेपाललाई विषेश शेक्षिक हब बनाउन सकिने बताए। उनि भन्छन्, विद्यार्थी विदेश जान्छ भनेर पिर गर्नेले नेपाल ल्याउने निति पनि बनाउनुपर्छ। नेपालको विद्यार्थी विदेश जानू समस्या हैन सम्भबना हो, उनिहरुले विदेशी उच्च शिक्षा तथा सिप नेपालमा भित्राउँछन्। काेइराला भन्छन्,’नेपालमा बाहिरको विद्यार्थीहरू भित्राउन सबै शैक्षिक संघसंस्थाको उपस्थित र सहमतिमा कार्य योजना बनाउन जरुरी छ।’
उनले भने,’ सबै सराेकारवालालाई विद्यार्थी विदेश गयो भन्ने चिन्ता छ तर कसरी रोक्न सकिन्छ भन्ने समाधानको उपायलाई चै पाखा लगाउछन्।’ हामी उदाहरणको लागि यसरी हेराैँ कुनै कोठा अध्यारो छ भनेर देख्नेले अध्यारो छ नै भन्ने हाईन उज्यालो कसरी बनाउन सकिन्छ भनेर समाधानको उपायहरू बताईदिने हो।’
नेपाल शैक्षिक परामर्श महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाल शैक्षिक परामर्श संघहरूलाई अपराधीको नजरले हेर्न बन्द गर्नुपर्ने बताए। परामर्श दातासँग सहकार्य गरि नेपाली विद्यार्थीहरु विदेश गहिरहेका छन् त्यो बारे खोज गरौँ बरालले भने,’ महासंघले विद्यार्थीहरु पठाउन मात्र हौँसला दिने गरेको छैन रोक्ने अवसर पनि देखाईरहेको छ त्याे पनि हेराैँ।’ नेपाल शैक्षिक परामर्श ऐन बनाउन जरूरी रहेकाे बताए।
