Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

ललितपुरमा ३ अर्बको अनलाइन जुवा, पक्राउ परेका २४ जना को हुन् ?

Reporter

महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन् ।

प्रहरी टोलीले ललितपुर महानगरपालिका-२ सानेपाका दुई वटा घरबाट उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ललितपुरसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले ८ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका थिए । जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथड्र गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको