Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

ललितपुरमा ३ अर्बको अनलाइन जुवा, पक्राउ परेका २४ जना को हुन् ?

Reporter

महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन् ।

प्रहरी टोलीले ललितपुर महानगरपालिका-२ सानेपाका दुई वटा घरबाट उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ललितपुरसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले ८ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका थिए । जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथड्र गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको