Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता

Reporter

तीनवटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका सहकारी ठगीका अभियुक्त एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ। सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पूर्वगृहमन्त्री रविविरुद्ध जिल्ला जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

प्रहरीले रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइसकेको थियो। प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनमा रहेर जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अभियोगपत्र तयार पारेको थियो।

अनुसन्धान प्रतिवेदनमा पूर्वगृहमन्त्री रवि लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ।  बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको