Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

संसदका अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दै

Reporter

संघीय संसदका चारवटा समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।  उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणाका बारेमा छलफल हुनेछ । जुन बैठकमा दिउँसो १ः०० बजे हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको