Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

आईओसीले दिएन जीवनराम श्रेष्ठको नेतृत्वलाई मान्यता

Reporter

नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल एसिया (ओसि) ले मान्यता दिन अस्वीकार गरेको छ ।

नेपाल ओलम्पिक कमिटीले आईओसीकै रोहबरमा विधान संशोधन गर्दै अनलाइनमार्फत निर्वाचन गरेको दाबी गरेपनि त्यसमा आईओसी र ओसिएले नै उल्टै प्रश्न उठाएको छ।

सर्वोच्च अदालत, नेपाल सरकारको निर्देशन र अन्तराष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बिना नै जीवनराम श्रेष्ठले पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरी आफू तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए।

तर एनओसीको विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनकै विषयमा कानुनी प्रश्न उठेकाले त्यो विषयमा अन्तिम टुङ्गो नलागेसम्म आइओसी र ओसिएले नयाँ कार्यसमितिलाई मान्यता दिइनसकेको प्रष्ट पारेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको