काठमाडौं, पुस- १३ ।
नेपाली राष्ट्रिय टोलिका लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा जारी विश्वचर्चित बिग बास टी–२० क्रिकेट लिगमा चम्किरहेका छन् । मेलबर्न स्टारसँग आबद्ध रहेका लामिछाने बिग बासमा तीन खेलसम्म विकेटविहीन हुनुपरेको छैन । लामिछानेले बिहीबार भएको सिड्नी सिक्सरविरुद्धको खेलमा २ विकेट लिन सफल भए । लगातार ३ खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछाने स्थानीय मिडियामा पहिलो प्राथमिकताका साथ छाएका छन् ।
३ खेल खेल्दा ७ विकेट लिन सफल
इन्डियन प्रिमियर लिग आईपिएलपश्चात अस्ट्रेलियन बिग बास लिग खेल्ने सन्दीपको ठूलो सपना रहेको थियो । बिग बासमा आफूलाई प्रमाणित गर्नुपर्ने धारणा उनी राख्थे गर्दथे । अस्ट्रेलिया जानुअघि पनि लामिछानेले सपना पूरा गर्न जान लागेको जनाएका थिए । वास्तवमा लामिछानेले बिग बासमा खेल्ने सपना पूरा मात्र गरेनन्, आफ्नो टिमको प्रत्येक खेलमा विकेट लिँदै सर्वाधिक विकेट लिने बलरका रूपमा शीर्ष स्थानमा रहन सफल समेत भएका छन् ।
लामिछानेले ३ खेल खेल्दा समग्रमा ७ विकेट आफ्नो नाममा पारेका छन् । सिड्नी सिक्सेजकै ओकिफेले पनि ३ खेल खेल्दै ७ विकेट हात पारेका छन् । रनरेटका अधार भने लामिछाने अलि खर्चिलो देखिएका छन् । ओकिफेले प्रतिओभर ९.७१ र सन्दीपले ११.१४ को औसतमा बलिङ गर्दै आएका छन ।
लामिछानेको शिकार कप्तान नै
लामिछानेले मुख्यतः विपक्षी टिमका कप्तानलाई नै आफ्नो सिकार बनाइरहे्को छन् । उनले पहिलो खेलमा थन्डरका कप्तान सेन वाट्सन र दोस्रोमा होवर्टका वाडेको विकेट लिएका थिए । तेस्रो खेलमा भने उनले आफ्नो पहिलो विकेट नै सिड्नीका कप्तान म्याक हेन्रिकलाई आउट गरेर निकाल्न सफल भए । उनले हेन्रिकलाई एलबिडब्लू धरापमा पारेर आउट गरेका थिए ।
मेलबर्नले ५ विकेट्को जित निकाल्यो
लामिछानेको उत्कृष्ट प्रदर्शनका बाबजुद पनि उनको टिमले लगातार दुई खेलमा मेलबर्नले जित निकाल्न सकेन । तर, तेस्रो खेलमा भने लामिछाने सँगै मेलबर्न पनि भाग्यमानी सावित भयो । यसपटक भने मेलबर्नले जितको स्वाद चाख्न सफल भयो । मेलबर्नले सिड्नीलाई ५ विकेटले हराउन सफ्ल भयो । पहिलो ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जवाफी व्याटिङ सुरु गरेको मेलबर्नले १४.५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ रन जोड्यो ।