
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । पाण्डेलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले मागबमोजिमको आदेश दिन अवस्वीकार गरेको हो ।
सो मुद्दा न्यायाधीशद्वय सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलास सुनुवाइ भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी पनि थुनामै छन् । सो प्रकरणमा पक्राउ परेका हाइप्रोफाइल नेता बालकृष्ण खाँण भने धरौटीमा रिहा भइसकेका छन् ।

लोकप्रिय समाचार