
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो मंगलबार एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लोकप्रिय समाचार