Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

नेकपा स्थायी कमिटी बैठकबाट अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

admin

काठमाडौं, पुस- १३ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

मंसिर २९ गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।

बैठकमा अध्यक्षद्वयले सदस्यहरुले राखेको सुझाव राजनीतिक प्रतिवेदनमा समेट्ने आश्वासन दिएपछि प्रतिवेदन पारित भएको हो । यसअघि हिजो बसेको स्थायी बैठकमा अध्यक्षद्वको राजनीतिक प्रस्तावमा सहमति जुट्न सकेको थिएन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको