
नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको छ । बुधबार (हिजो) दुई हजार ७०० रुपैयाँले घटेको सुन आज दुई हजार ३०० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लोकप्रिय समाचार