Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

चलचित्र ‘लोकन्ती’मा नारायण थापा र मेलिनाको स्वरको गीत रहने

Reporter

काठमाडौं ।  कृशन फिल्मसको ब्यानरमा कुमार न्यौपाने निर्माता रहेको चलचित्र लोकन्तीको गीतहरुको रेकर्डिंग कार्य सम्पन्न भएको छ। ए लेभल स्टुडियोमा गएको मंगलवार गायक नारायण थापा गीत रेकर्डिंग गर्दै गरेको अबस्थामा भेटिए।

पछिल्लो समय एक पछि अर्को लोक आधुनिक लगायत सबै प्रकारका गीतहरु बजारमा ल्याईरहेका गायक थापाका लागि मंगलवारको दिन भने अलि फरक र बिशेष थियो।शंकर अधिकारी घायलको शब्द बिकाश चौधरीको संगीत नारायण थापा र मेलिना राईको आवाज रहेको रोमान्टिक गीतबाट गायक थापा निकै आशावादी छन र भन्छन यो गीतले एउटा उचाई दिनेकुरामा बिश्वस्त छु।

टिपिकल शब्द कर्णप्रिय नाचुँनाचुँ लाग्ने रोमान्टिक लोक संगीत अनि शब्द र संगीतलाई न्याय गर्ने कर्णप्रिय आवाजले गीत उत्कृष्ट बनेको चलचित्रका संगीतकार बिकाश चौधरीले बताउनुभयो।

संजय हमालको एरेन्ज रंजित रानाको निर्देशन कमल राईको नृत्य निर्देशन रहने चलचित्र लोकन्ती यहि फाल्गुन १ गतेबाट छायांकनमा जाने निर्माण टिमले जनाएकोछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको