Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

Reporter

प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकमा  प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको छ।

प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका  सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सकिने संसद सचिवालयले जनाएकाे छ।

संसद सचिवालयका अनुसार सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशाेधन) बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने बन तथा बातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संसोधन माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको