Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

स्पेनिस ला लिगा – शीर्ष स्थानको रियल बराबरीमा रोकियो

admin

जारी सिजनको स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड फेरि बराबरीमा रोकिएको छ।शनिबार राति रियललाई ओसासुना क्लबले बराबरीमा रोकेको हो।

अघिल्लो खेलसमेत बराबरी खेलेको रियललाई ओसासुनाले १-१ गोल बराबरीमा रोक्यो। ३९ मिनेटमा जुड बेलिंघमले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो।

रियलले किलियन एम्बाप्पेको गोलमा खेलको १५ मिनेटबाट अग्रता लिएको थियो। दोस्रो हाफको ५७ मिनेटमा ओसासुनाले पेनाल्टी पाएको थियो।

पेनाल्टीमा एन्टे बुदिमिरले गोल गरेर टिमलाई बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन्। यो बराबरीसँगै रियलको २४ खेलबाट ५७ अंक पुगेर शीर्षस्थानमै छ। ओसासुनाको समान खेलमा ३२ अंकसहित सातौं स्थान छ।

दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले समेत शनिबार राति बराबरी खेलेको छ। उसलाई सेल्टा भिगोले १-१ बराबरीमा रोकेको हो। एटलेटिकोको समान २४ खेलबाट ५० अंक रहेको छ।

एक खेल कम खेलेको बार्सिलोनाको ५० अंक रहेको छ। यससँगै यी तिनै टिमबीचको उपाधि यात्रा रोमाञ्चक हुने देखिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको